एक्सनमा मेयर बालेन: साउन १ देखि कुहिने र नकुहिने फोहोर नछुट्याए ५०० जरिबाना


काठमाडौं । काठमाडौँ महानगरपालिकाले साउन १ गतेदेखि कुहिने र नकुहिने फोहोर छुट्याएर राख्न महानरवासीलाई आग्रह गरेको छ ।

काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा २२ (१), (२) र फोहोरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ६ (१), (२) को व्यवस्था अनुसार ०७९ साल साउन १ गतेदेखि स्रोतमा कुहिने र नकुहिने फोहोर छुट्याउन महानगरवासीलाई आग्रह गरिएको छ ।

उक्त व्यवस्था अनुसार जैविक (कुहिने) र अजैविक (नकुहिने) फोहोर छुट्याउने जिम्मेवारी फोहोर उत्पादनकर्ताको नै भएकोले फोहोर पृथकीकरण गरी कुहिने फोहोर संकलन गर्न आउने दिन कुहिने फोहोर मात्रै संकलन गर्ने र नकुहिने फोहोर संकन गर्न आउने दिन नकुहिने फोहोर मात्रै संकलन गर्ने महानगरले सार्वजनिक सूचना जारी गर्दै जनाएको छ ।

स्रोतमा नै फोहोरको पृथकीकरण नगरे फोहोर संकलन नगर्ने जनाएको महानगरले काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ अनुसार कसुर मानी प्रत्येक पटक ५०० रुपैयाँ जरिबाना हुने जनाएको छ ।

मेयर बालेन साहले कुहिने र नकुहिने फोहोर नछुट्याउनेलाई कारबाही हुने चेतावनी दिएको थियो । सो कुरा उनले कार्यान्वयणमा ल्याउन सूचना जारी गरेका हुन् ।

प्रकाशित : २०७९ असार ९, बिहीबार ०९:१५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ