जनकपुर: बालक मुखियाको मुटु फेर्न सिंगापुरबाट डा. महतोले गरे आर्थिक सहयोग


जनकपुरधाम । धनुषाको कमला नगरपालिका ३ का सन्दिप मुखिया ७ वर्षीय छोरा सुरज मुखियाको उपचारका लागि डा. श्यामबाबु महतो आर्थिक सहयोग गरेका छन् ।

गैर आवासीय मधेसी संघका अन्तर्राष्ट्रिय समितिका महासचिव डा. शमहतोले व्यक्तिगत २५ हजार रूपैया विरामीलाई उपचार गराउन सहयोग गरेका हुन् ।

डा .महतो हाल सिंगापुरमा बस्छन् । पत्रकार मनोज मोरबैताले मुटु फेर्न बालक मुखियालाई सहयोगको अपिल फेसबुक मार्फत गरेका थिए । उक्त पोस्ट हेरेपछि डा. महतो सहयोग गरेको बताइएको छ ।

पत्रकार मोरबैताले डा. महतोलाई धन्यवाद ज्ञापन गर्दै भनेका छन्, ‘तपाईको सहयोग सुरजको मुटु फेर्नमा धेरै महत्त्वपूर्ण रहेको छ ।’ उनले सहयोगका लागि अन्य दातासंग पनि अपिल गरे ।

बालक मुखियाको मुटु फेरिनुपर्ने चिकित्सले बताएका छन् । उनी अहिले उपचाररत छन् । गरिब परिवारका भएकाले उपचार गराउने हैसियत उनको छैन् ।

प्रकाशित : २०७९ असार ९, बिहीबार १२:०८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ