ओली र प्रचण्डले लुकाएको सुचना चिनले गरिदियो सार्वजनिक, बाम एकताको सम्भावना बढ्यो !


काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुषाल देखी नेकपा एकता राष्ट्रिय अभियान भनेर अभियाननै संचालन गरिरहेका बामदेव गौतम सम्म पुन बाम एकताका लागी जोडदार रुपमै लागेकै छन् ।

ओली र प्रचण्ड मिलाउँनका लागी छिमेकी मुलुक चिन पनि सक्रिय रहेको खुलासा भएको छ । चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओले नेपालका दुई ठूला वामपन्थी दलका शीर्ष नेतासँग वार्ता गरेका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डसँग लिउले भिडियो कन्फरेन्स गरेका छन् । चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुखले ओली र प्रचण्डसँग गरेको कुराकानी ओली र प्रचण्ड दुवै जनाले सार्वजनिक गरेका थिएनन् । दुवै नेताले गोप्य राखेको सुचना चिनबाटनै बाहिर आएको छ ।

नेपालमा फेरी बाम एकताका लागी चिन लागिरहेको भन्ने खबर आइरहेका बेला ओली र प्रचण्डसँगको चिनीयाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुखको कुराकानीलाई निकै अर्थपुर्ण रुपमा हेरिएको छ ।

सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भिडिओ कुराकानी भएको चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी)को विदेश विभागले आफ्नो वेबसाइटमार्फत जनाएको छ ।

प्रचण्डसँग बिहीबार र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग शुक्रबार भिडिओ कुराकानी भएको विभागले आफ्नो वेबसाइटमार्फत जानकारी गराएको हो । भिडिओ वार्तापछि दुई पार्टीबीच आदानप्रदान र सहयोगसम्बन्धी समझदारीपत्र (एमओयु)मा हस्ताक्षर पनि भएको सिपिसीले जनाएको छ ।

भिडिओ वार्तामा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री चेन झोउले पनि सहभागी थिए । दाहालसँग बिहीबार भएको कुराकानीमा चिनियाँ नेता लिउले चीन र नेपाल हिमाल र नदीले जोडिएका मित्रवत् छिमेकी रहेको उल्लेख गरेका थिए। उनले दुई मुलुकका भविष्य साझा रहेको समेत बताएको सिपिसीले उल्लेख गरेको छ।

चीन र नेपालका शीर्ष तहमा भएका महत्वपूर्ण सहमती कार्यान्वयन गर्न, राजनीतिक आपसी विश्वासलाई गहिरो बनाउन, ठूला परियोजना सक्रिय रूपमा अघि बढाउन र ‘बेल्ट एण्ड रोड’ अवधारणाअन्तर्गत विभिन्न क्षेत्रमा व्यावहारिक सहकार्य अघि बढाउन चीन नेपालसँग काम गर्न इच्छुक रहेको भिडिओ कुराकानीमा लिउले बताएका थिए ।

निकट भविष्यमा हुन लागेको चिनियाँ कम्युनिस्ट पार्टीको २० औं राष्ट्रिय महाधिवेशनले चीनको विकासको खाका तयार गर्नुका साथै नेपाल–चीन सम्बन्धको विकासमा नयाँ गति दिने लिउले बताएका थिए ।

भिडिओ वार्तामा दाहाल र ओलीले नेपाल र चीनबीचको मित्रता चिरस्थायी रहेको बताएको सिपिसीले जनाएको छ । त्यक्रममा दुवै नेताले चिनियाँ कम्युनिष्ट पार्टीसँगको सम्बन्धलाई उच्च प्राथमिकता दिने बताउँदै कुनै पनि शक्तिलाई चीन विरोधी गतिविधिमा संलग्न हुन नेपाली भूमि प्रयोग गर्न कहिल्यै अनुमति नदिने प्रतिवद्धता जनाएका थिए ।

यसअघि चीनले नेपालले अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अघि नबढाउने निर्णय गरेकोमा प्रशंशा गरेको थियो।बिहीबार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ् वेनबिनले एसपीपी अस्वीकार गर्ने नेपालको निर्णयबारे भनेका थिए ।

प्रकाशित : २०७९ असार ११, शनिबार १८:१६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ