बाढीले १७५ परिवार विस्थापित, सतर्कता अपनाउन आग्रह


काठमाडौं । अविरल वर्षासँगै आएकोफ बाढीका कारण विराटनगर र कटहरीमा १७५ परिवार विस्थापित भएका छन् ।

सिंघिया खोलामा आएको बाढी बस्तीमा पस्दा १७५ परिवार विस्थापित भएका हुन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठका अनुसार विराटनगरमा ४५ र कटहरी गाउँपालिकामा १३० परिवार विस्थापित भएका हुन् ।

विराटनगर ८ मा २५ र विराटनगर २ मा २० परिवार विस्थापित भएको उनले बताए । कटहरी गाउँपालिका १ मा १७५ परिवार विस्थापित भएका छन् । कटहरी १ को टाइगरटोलमा ६०, हनुमान मन्दिर एरियामा ४० र नारी विकास संघ एरियाका ३० परिवार विस्थापित भएका छन् ।

बाढीका कारण विस्थापित भएकाहरूलाई सुरक्षित स्थानमा सारिएको श्रेष्ठले बताए । वर्षा जारी रहेकाले खोला किनारका बस्तीहरुलाइ सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ ।

प्रकाशित : २०७९ असार १४, मंगलवार २०:०४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ