नेपाल आयल निगमको टाट पल्टियो, तेल किनेको पैसा तिर्न जग्गा धितो राख्ने तयारी


काठमाडौं । लामो समयदेखि घाटा ब्यहोरी रहेको नेपाल आयल निगम टाट पल्टिएको छ ।

भारतबाट महँगोमा तेल किनेर नेपालमा घाटामा बेचिरहेको निगम टाट पल्टिएको हो । पूर्णरुपमा आर्थिकरूपमा कमजोर बनेपछि जग्गा धितो राखेर अर्बौ रुपैयाँ ऋण​ लिने भएछ ।

त्यसका लागि निगमले केन्द्रीय कार्यलय रहेको टेकुको ४० रोपनीभन्दा धेरै जग्गा धितोमा राख्ने स्रोतले जनाएको छ । स्रोतका अनुसार अर्थमन्त्रालयले बैंकमा जग्गा धितो राखेर ऋण​ लिन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत निगमलाई पत्र पठाएको छ ।

पत्रमा अर्थ मन्त्रालयले निगमलाई दिनु पर्ने ३ अर्ब सोधभर्नाको रकम लिन जग्गा धितोमा राख्न भनिएको छ ।

प्रकाशित : २०७९ असार १४, मंगलवार २०:०७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ