मधेस : खेतमा आली लगाउँदै गर्दा चट्याङले किसानको मृत्यू


वीरगञ्ज । मधेस प्रदेशको पर्सामा चट्याङले लागेर एक किसानको मृत्यू भएको छ ।

सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर १ औराहा रेन्ज निवासी ३२ वर्षीय हरिन्द्र दास थारुको मृत्यु भएको हो । पानी परेको बेला खेतमा आली लगाउँदै गरेका थारुलाई दिउँसो ३ बजेतिर चट्याङ खसेर लागेको थियो ।

किसान थारुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीले जानकारी दिए ।

प्रकाशित : २०७९ असार १५, बुधबार ०८:२६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ