सप्तकोशीमा ठूलो बाढी : २४ ढोका खोलियो


विराटनगर । निरन्तरको वर्षाले सप्तकोशी नदीमा पानीको बहाव बढेको छ ।

बुधवार साँझको मापनअनुसार सप्तकोशीमा पानीको बहाव १ लाख ७८ हजार ५ सय ९५ क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

सप्तकोसीमा पानीको बहाव एक लाख ५० हजार क्युसेक नाघेपछि खतरा मानिन्छ । सप्तकोसीका ५६ ढोकामध्ये अहिले २४ वटा ढोका खोलिएको छ ।

पानीको बहाव बढेकाले तटीय क्षेत्रका स्थानीयलाई सुरक्षित रहन आग्रह गरिएको छ ।

प्रकाशित : २०७९ असार १५, बुधबार १९:४५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ