सिरहामा हिलोमा फसेको ट्याक्टर निकाल्न खोज्दा पल्टियो, चालक यादवको मृत्यु


जयनाथ यादव, सिरहा । नवराजपुर गाउँपालिका ३ मा ट्याक्टर पल्टिदा च्यापिएर चालकको मृत्यु भएको छ ।

स १ त ४५७१ नम्बरको ट्याक्टर मंगलवार खेत जोतेरे घर आउने क्रममा हिलोमा फसेको थियो । ट्याक्टर निकाल्ने क्रममा पल्टिदा गाडी धनी ३५ बर्षीय विनोद यादवको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारीका प्रहरी निरीक्षक केशव कुमार कटुवालका अनुसार ट्याक्टर पल्टिदा यादव च्यापिए । निकालेपछि मृत्यु भईसेकेको थियो ।

मृतक यादवको शव पोस्टमार्टमका लागि लहानस्थित राम कुमार स्मारक अस्पताल पठाईएको प्रहरी निरीक्षक कटुवालले जानकारी दिए ।

प्रकाशित : २०७९ असार १५, बुधबार २१:५७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ