मुख्यमन्त्री उद्धव ठाकरेले दिए राजीनामा, यस्तो छ कारण


काठमाडौं । भारतको महाराष्ट्र प्रदेशका मुख्यमन्त्री उद्धव ठाकरेले राजीनामा दिएका छन् । सर्वोच्च अदालतले बहुमत परीक्षणका लागि आदेश दिएलगत्तै उनले राजीनामा दिएका हुन् ।

बहुमत परीक्षणमा सर्वोच्च अदालतको आदेशको लगत्तै सामाजिक संजालको लाइभमा भनेका छन् ‘म शिव सैनाहरुको रगत बगोस् भन्ने चाहन्नँ । त्यसैले महाराष्ट्रको मुख्यमन्त्री पद त्याग्दै छु । पद त्याग गर्दा मलाई कुनै दुःख लागेको छैन ।’

ठाकरे त्यसलगत्तै उनी राज्यपाल भगतसिंह कोसियारीलाई आफ्नो राजीनामा बुझाउन राजभवन पुगेका थिए । यसअघि बुधबार राति करिब ९ बजे सर्वोच्च अदालतले बहुमत परीक्षण रोक्न अस्वीकार गरेको थियो।महाराष्ट्रका गभर्नरले बिहीबार बिहान ११ बजे फ्लोर टेस्ट गर्न भनेका थिए ।

उद्धव ठाकरेले शिवसेनाका विद्रोही विधायकलाई पनि निशाना बनाएका छन् । उद्धव ठाकरेले महाविकास अगाडी गठबन्धनका सदस्य कांग्रेस र एनसीपीलाई धन्यवाद दिएर आफ्नो सम्बोधन सुरु गरे। उनले सरकारको साढे दुई वर्षको कार्यकालमा गरेका उपलब्धिहरू गणना गरे ।

प्रकाशित : २०७९ असार १६, बिहीबार ०९:०१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ