भरत र नवयुगले अमेरिकामा फुटबल खेल्ने


काठमाडौं । त्रिभुवन आर्मी क्लबका कप्तान भरत खवास र फरवर्ड नवयुग श्रेष्ठले अमेरिकामा फुटबल खेल्ने भएका छन् ।

भरत र नवयुगले पाँचौ नेपाली अमेरिका कन्भेन्सन (एनएसी) फुटबल प्रतियोगिता खेल्न गएराति त्यसतर्फ प्रस्थान गरेका हुन् । आर्मीका दुवै खेलाडीले आयोजक लस एन्जलस (एलए)को टोलीबाट खेल्नेछन् ।

भरत त्रिभुवन आर्मी क्लबका नियमित कप्तान हुन् । भरत पछिल्लो समय राष्ट्रिय टोली बाहिर छन् । नवयुगले भने पछिल्लो समय राष्ट्रिय टोलीको कप्तानी सम्हालेका थिए ।

प्रशिक्षकसँगको विवादमा सिनियर ११ खेलाडी टोली बाहिर हुँदा कप्तानीको जिम्मेवारी नवयुगको काँधमा आएको थियो ।

प्रकाशित : २०७९ असार १६, बिहीबार ११:५५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ