उपेन्द्र यादवले अशोक राइकी श्रीमतीलाई मन्त्री बनाउँदै, प्रदिप यादव फेरी आउट !


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले मन्त्री हेरफेर गर्ने गरेको निर्णय अनुसार अध्यक्ष उपेन्द्र यादवलाई नयाँ मन्त्रीहरुको सूची प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका छन् ।

स्रोतका अनुसार अध्यक्ष यादवले पार्टीका बरिष्ट नेता अशोक राईकी श्रीमती सुशीला श्रेष्ठ लगायतलाई मन्त्री बनाउन लागेका हुन् । राजेन्द्र श्रेष्ठलाई हटाएर सामान्य प्रशासन मन्त्रीमा सुशिलाको नाम सिफारिस गरिएको छ । सुशिला गैर साँसद हुन् ।

यस्तै नयाँ मन्त्रीको सूचीमा डा. सूर्य नारायण यादव, डा. सुरेन्द्र यादव, प्रमोद साह र मोहम्मद इस्तियाक राईको नाम पनि रहेको बताइएको छ । प्रदीप यादव भने यसपटक पनि मन्त्रीको सूचीमा परेका छैन ।

डा. बाबुराम भट्टराई पार्टीबाट अलग हुने निश्चित भएपछि उनको पक्षमा रहेका साँसद तथा नेताहरुलाई तान्ने हिसावले अध्यक्ष उपेन्द्र यादव मन्त्री बनाउने कसरतमा लागेका छन् ।

प्रकाशित : २०७९ असार १७, शुक्रबार ०९:०४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ