लहानका मेयर चौधरीको गाडी देखेर घर हिडेका प्रधानाध्यापक बाटैबाट फर्किए


धर्मेन्द्र पासवान, लहान । मधेश प्रदेश स्थित सिरहाको लहान नगरपालिकाका प्रमुख (मेयर) महेश प्रसाद चौधरीको गाडी विद्यालय तिर गइरहेको देखेर घर हिनेका प्रधानध्यापक बाटैबाट विद्यालय फर्केको थियो ।

जनता सहिद वेचन यादव आधारभूत विद्यालय लहान-१५ मोहनपुर छड्केमा निस्केका मेयर चौधरीको गाडी विद्यालयको नजिक पुग्नै लाग्दा छुट्टी हुनु अगावै विद्यालयका प्रधानाध्यापक सैनी यादव मोटरसाइकल फर्काएर विद्यालय फर्केका थिए ।

लहान नगरपालिकाको केन्द्र देखि लगभग १० किलोमीटर उत्तरमा अवस्थित उक्त विद्यालयमा शौचालय धेरै फोहर प्रयोग गर्नै नहुने पाइएपछि मेयर चौधरीले प्रधानाध्यापकलाई सरसफाइ किन नगरेको भनेर सोधपुछ गर्दा प्रअ कार्यालय सहयोगीको टाउको माथि दोष लगाइ आफु उम्कन खोजेपछि मेयर चौधरीले प्रअलाई स्पष्टीकरण सोध्न र फेरि सुध्रिएन भने अर्को विद्यालयमा सरुवा गरि दिन शिक्षा शाखा प्रमुखलाई तत्कालै निर्देशन दिएको थियो ।

विद्यालयको पठनपाठन शिक्षण सिकाइ क्रियाकलापमा प्रयोग गर्ने कालोबोर्ड विस्थापित गरि सेतो बोर्ड लगाउन प्रअ यादवले नगरपालिकाबाट रकम निकासा गरेर लगेपनि कालो बोर्डमै पठनपाठन गराइएको पाइएपछि मेयर चौधरी आफैं आश्चर्यमा परेको थियो ।

मेयर चौधरीले नगरपालिकाका शिक्षा शाखा र सञ्चारकर्मीको टोलीले आफ्नो क्षेत्रमा रहेका सामुदायिक विद्यालयहरुको पठनपाठन र विद्यालयको समष्टिगत निरीक्षणको कार्यलाई तिव्रता दिएको छ ।
नगरपालिकाका शिक्षा शाखा प्रमुख अमिरी यादवले विद्यार्थीहरुको लागि विद्यालयले वयवस्था गरेको दिवाखाजा सम्बन्धी १ हप्तामा कुन बार कुन खानेकुरा दिने गरेको तालिका उपलब्ध गराउन प्रअलाई ताकेता गर्दा अब बनाउँछु भनि आलटाल गरेको थियो ।

विद्यालयमा बालबालिकाका सञ्चालन गरिएको बाल विकास कक्षाका सञ्चालन गरिएको कक्षाकोठा पनि अस्तव्यस्त पाइएको थियोे । अनुगमन टोलीले आफ्नो नगर अन्तर्गत रहेका प्रत्येक विद्यालयहरुमा नगरपालिकाद्वारा निर्देशित शिक्षा सम्बन्धी मापदण्ड र विद्यालयले नगरलाई प्रस्तुत गरिएको विद्यालय संचालन गर्ने बारे कार्यढाँचा अनुसार पठनपाठन भईरहेको छ छैन बारेमा सो अनुगमन गरिएको हो ।

प्रकाशित : २०७९ असार १८, शनिबार १४:०५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ