लहानका मेयर चौधरीले अप्रेशन गराएका बिरामीलाई बाँडे पौष्टिक आहार


धर्मेन्द्र पासवान, लहान । मधेश प्रदेश स्थित सिरहाको लहान नगरपालिकाका नगर प्रमुख (मेयर) महेश प्रसाद चौधरीले अस्पतालमा गएर फलफूल वितरण गरेका छन् ।

मधेशमा विपन्नको परिवारको लागि ठुलो समस्या बनेको आङ खस्ने समस्याबाट पीडित पाठेघरको शल्यक्रिया गरिएका बिरामीलाईहरुलाई उक्त राहत प्रदान गरिएको छ । बिरामीहरुलाई पोषक खानेकुरा वापत एक किलो स्याउ र एउटा/एउटा हर्लिक्स वितरण गरेको मेयर चौधरीले जानकारी गराए ।

उनले भने, ‘हामीले आफ्नो तवरबाट लहान नगरपालिका भित्रका २६ जनालाई पाठेघरको समस्याबाट छुटकारा गराउन सफल भएका छौं । आगामी आउने दिनहरूमा यो भन्दा पनि धेरै हाम्रा दिदी बहिनीहरुले यो समस्याबाट छुटकारा पाउनुहुनेछ । कतिपयले चाहेर पनि यो शल्यक्रिया गराउन सक्दैनन्, पाठेघर सम्बन्धी शल्यक्रिया महँगो छ ।’

लहान नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख जनस्वास्थ्य अधिकृत जगदीश मण्डलले ‘विश्वकै तथ्यांक हेरौं, महिलालाई सताउने पाठेघर सम्बन्धी ठूलो समस्या हो । पाठेघरको समस्या को समयमा उपचार नहँदा क्यान्सरको भएर थुप्रै महिलाले ज्यान गुमाइरहेका छन् ‘
अधिकृत मण्डलका अनुसार पाठेघर, जो सृष्टिको उद्गम विन्दु पनि हो । त्यही भ्रुण हुर्कन्छ । दुखलाग्दो चाहि के भने, त्यही पाठेघरले महिलाहरुलाई जीवनभर पीडा दिन्छ । थुप्रै महिला अहिले पाठेघरको समस्याबाट ग्रसित छन् । उनीहरु कुनै न कुनै किसिमको रोग पालेर बसिरहेका छन् ।

थाहा भएकै कुरा हो, पाठेघर आफैमा संवेदनसिल अंग हो । त्यही कारण पनि यसको सुरक्षा एवं स्वस्थ्यमा बढी सचेत हुनुपर्छ । तर, नचाहेरै पाठेघर रोगको घर बन्न पुग्छ । सबैभन्दा बढी महिलालाई पाठेघरको संक्रमणले सताउने गर्छ । यो एक प्रकारको संक्रमण हो । समयमै निको नभए यसले क्यान्सरको रुप समेत लिन सक्ने अधिकृत मण्डलले जिकिर गरेका थिए ।

लहान नगरपालिकाको आर्थिक सहयोगमा कामना नर्सिङ्ग होम प्रा.लि. लहान-३ सिरहाले नगरक्षेत्र भित्रका २६ जना महिलाको निःशुल्क पाठेघरको शल्यक्रिया गरेका थिए । असार १७ र १८ गते दुई दिन सम्म संचालित शिविरमा अनुभवी बरिष्ठ ग्यानोकोलोजिष्ट पप्पु रिजालले शल्यक्रिया गरेको नर्सिङ्ग होमका संचालक वृदेव महतोले बताए ।

प्रा.लि.का अर्का संचालक रोशन सिंहका अनुसार पाठेघर शिविरको सम्पूर्ण खर्च लहान नरपालिकाले व्यहोरेको हो । नगरपालिकाले प्रत्येक एकजना बिरामीको लागि लगभग साह्रे ११ हजार खर्चेको थिए । त्यही पैसामा बिरामीको सम्पूर्ण औषधि खर्च समेत थियो । नगरक्षेत्र भित्रको विपन्नवर्गका लागि उक्त कार्यक्रम नगरपालिकाले संचालन गरेको सिंहले बताए ।

प्रकाशित : २०७९ असार २०, सोमबार ०७:१३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ