जनकपुर : स्रोत नखुलेको साढे ८३ लाख बढी रुपैयाँ बरामद, दुई जना पक्राउ


जनकपुरधाम । धनुषाको सिमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले दुई जनाबाट स्रोत नखुलेको साढे ८३ लाख बढी रुपैयाँ बरामद गरिएको छ ।

पक्राउ पर्नेहरुमा जनकनन्दिनी गाउँपालिका ५ का ३६ वर्षीय ईश्वर मण्डल र सोही ठाउँका १९ वर्षीय राजेश मण्डल छन् । उनी दुबै जनाले आलुको बोरा ल्याउँदै गर्दा जनकनन्दिनी गाउँपालिका १ इनर्वा सिमा इलाका स्थित चेक प्वाइन्टमा विओपीबाट खटेको प्रहरी निरीक्षक शम्भु कटुवाल नेतृत्वको टोलीले चेकजाँचको क्रममा स्रोत नखुलेको रुपैया बरामद भएपछि पक्राउ गरिएको छ ।

प्रहरी निरीक्षक कटुवालको अनुसार उनीहरुबाट ८३ लाख ६४ हजार ५ सय रुपैया बरामद भएको छ । बरामद रकममध्ये १ हजारको ७ हजार नोट, ५ सयको २६९९ नोट, १०० को १ सय नोट र ५० को १ सय नोट रहेको छ ।

उनीहरु भारतबाट नेपालतर्फ आउने क्रममा शंका लागेर चेकजाच गरेपछि बरामद भएको स्रोत नखुलेको रकम, मोटरसाइकल र रुपैया आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा पठाएको तयारी गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७९ असार २१, मंगलवार १६:४६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ