‘मनसुन ब्रेक’ : अबको एक दुई दिन हल्का मात्रै वर्षा, गर्मी बढ्ने


काठमाडाैं । काठमाण्डौसहित देशका धेरै ठाउँमा गर्मी बढेको छ । हल्का वर्षा भए पनि गर्मी बढेको छ ।

मौसमविद् हिरा भट्टराईका अनुसार अहिले ‘मनसुन ब्रेक’ भएको छ । ‘यस्तो बेला मनसुनी गतिविधि कम हुन्छ । गर्मीको समय भएकाले मनसुनी गतिविधि कम हुनासाथ गर्मी बढ्छ,’ उनले भने ।

अबको एक दुई दिन देशका धेरै ठाउँको मौसम यस्तै रहने पनि उनले जानकारी दिए । मनसुनको समयमा हुने मौसम सम्बन्धी यस्ता गतिविधि सामान्य नै रहेको मौसमविद् भट्टराईले बताए ।

आज धेरै ठाउँमा हल्का पानी पर्ने सम्भावना भने छ तर पनि गर्मी भने बढ्ने मौसमविद् भट्टराईले बताए । काठमाडौंमा बिहान हल्का पानी परेको थियो ।

एक दुुई दिन धेरै ठाउँमा हल्का मात्रै पानी पर्ने अनुमान गरिएको छ । गण्डकी र सुदूरपश्चिमका एक दुई ठाउँमा भने हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ ।

प्रकाशित : २०७९ असार २२, बुधबार ११:२७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ