Breaking- लाइसेन्सका लागि निरोगिताको प्रमाणपत्र दिने डाक्टर नै नक्कली


काठमाडौं । यातायात व्यवस्था कार्यालय बागलुङमा सेवाग्राहीलाई निरोगिताको प्रमाण पत्र दिने डाक्टर नै नक्कली भएको प्रहरीले दाबी गरेको छ ।

बागलुङ प्रहरीका अनुसार यातायात कार्यालयले स्वास्थ्य परीक्षणका लागि तोकेको बागलुङ नगरपालिका-२ स्थित शंकर पोलिक्लिनिकमा व्यवस्थापन शंकाय पढेको व्यक्तिले निरोगिताको प्रमाणपत्र दिने गरेको पाइएको हो ।

बुधवार पक्राउ परेका धादिङको धादिङबेसी ५ का २७ वर्षीय राम अर्याल र पूर्वी नवलपरासीको कावासोती ९ का २१ वर्षीय गणेश भण्डारीसँग स्वास्थ्य परीक्षण सम्बन्धी ज्ञान नै नभएको प्रहरीले जनाएको छ ।

डाक्टरको अनुपस्थितिमा उनीहरूले नै निरोगिताको प्रमाणपत्र वितरण गर्ने गरेको पाइएको हो । उनीहरूलाई अदालतबाट ५ दिनको समय लिएर अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

प्रकाशित : २०७९ असार २२, बुधबार १८:३८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ