मेयरलाई किनेको गाडी बेचेर सडकका खाल्डा टाल्न रोलर किन्छु : हर्क साम्पाङ


काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्ना लागि किनिएको गाडी बेचेर रोलर किन्न लागेको बताएका छन् ।

मेयर साम्पाङले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै मेयरलाई चढ्न भनिएको स्कर्पियो गाडी बेच्न लागेको उल्लेख गरेका हुन् । आफ्नो यो प्रस्तावलाई बिहीबार बसेको कार्यपालिका बैठकले ताली बजाएर अनुमोदन गरेको पनि उनले लेखेका छन् ।

‘मेयरलाई भनेर किनिएको स्कर्पियो गाडी बेचेर धरानको बाटोभरिका खाल्डा टाल्न यो रोलर मेसिन किन्ने विचार छ मेरो’, रोलरको तस्वीरसहित राखेर मेयर साम्पाङले लेखका छन्, आज कार्यपालिकाले ताली बजार अनुमोदनसमेत गरिदिएको छ, जय धरान ।’

स्वतन्त्र रुपमा मेयरमा निर्वाचित साम्पाङले नगपालिकाको गाडी प्रयोग गरेका छैनन् । उनी आफ्नै मोटरसाइकल चढिरहेका छन् ।

प्रकाशित : २०७९ असार २४, शुक्रबार ०७:४७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ