मधेस : आगनमा खेलिरहेकी बालिकाको अपहरण, यसरी पक्राउ परे अपहरणकारी


जनकपुरधाम । रौतहटमा बिहीबार साँझ आफ्नै घरको आगनमा खेलिरहेकी बालिका अपहरणमा परेकी छिन् ।

ती बालिकाको शकुशल उद्धार गर्दै प्रहरीले अपहरणकारीलाई पनि पक्राउ गरेको छ । प्रहरीका अनुसार साँझ सवा ७ बजे अपहरणमा परेकी बालिकाका आफन्तलाई त्यसको १५ मिनेटपछि अज्ञात व्यक्तीले फोन गरि २० लाख रुप‌ैयाँ फिरौती मागेका थिए ।

राजपुर नगरपालिकाको इद्रिस गेटमा पैसा लिएर नल्याए बालिकाको ज्यानसमेत लिने धम्कि ती व्यक्तीले दिएको प्रहरीको दावी छ ।

प्रहरीले बालिकालाई राजपुर-१ बहुअर्वा मदरसा नजिक बाँसले बनाएको खातमा सुताइरहेको अवस्थामा बालिकाको उद्धार गरेको थियो ।

बालिकालाई अपहरण गरेको आरोपमा राजपुर-७ का २४ वर्षीय महमद अविर हुसेन पक्राउ परेका छन् । प्रहरीले हुसेनले घटनामा प्रयोग गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकल पनि बरामद गरेको जनाएको छ ।

प्रकाशित : २०७९ असार २४, शुक्रबार १८:३५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ