मुख्यमन्त्री मानले गरे दोस्रो बिहे !


काठमाडौं । भारतको पञ्जाब प्रान्तका मुख्यमन्त्री भगवन्त मानले बिहीबार दोस्रो बिहे गरेका छन् ।

मानले आफूभन्दा १६ वर्ष कान्छी डा. गुरमित कौरसँग दोस्रो बिहे गरेका हुन् । विवाहमा दिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टीका नेता अरविन्द केजरीवालले भगवन्त मानको पिताको जिम्मेवारी निभाएका छन् ।

आम आदमी पार्टीका अर्का नेता राघव चड्डाले भाइको जिम्मेवारी निभाए । भगवन्तको सन् २०१५ मा पहिलो पत्नीसँग सम्बन्धविच्छेद भएको थियो ।

मानका पहिलो श्रीमतीबाट दुई छोरा र एक छोरी छन् ।

प्रकाशित : २०७९ असार २५, शनिबार १०:४२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ