BMW को यस्तो गज्जबको नयाँ बाइक लन्च, हेर्नुहोस् मूल्य र विशेषता


बीएमडब्लुले भारतमा आफ्नो ‘२०२२ बीएमडब्लु जी ३१० आर’ स्ट्रीट नेकेड बाइक लन्च गरेको छ । कम्पनीले अन्तराष्ट्रिय बजारमा लन्च गरेपछि भारतमा प्रारम्भिक मूल्य भारु २.७० लाखसहित लन्च गरेको हो ।

भारतमा यो बाइक अघिल्लो मोडलको तुलनामा ५ हजार रुपैयाँ महँगो रहेको छ । कम्पनीले ३ कलरको विकल्पः रेसिङ ब्लू, रेसिङ रेड र कस्मिक ब्ल्याक सहित लन्च गरेको हो ।

यो नयाँ मोडलको बाइकमा नयाँ कलर स्किम बाहेक कुनैपनि परिवर्तन नरहेको कम्पनीले जनाएको छ । अघिल्लो मोडल झैं यसमा ३१३ सीसी, सिंगल सिलिन्डर इन्जिन रहेको छ जसले ३३.५ बीएचपी पावर र २८ एनएम पीक टर्क जेनेरेट गर्दछ । यसमा इन्जिन स्लिपर क्लचको साथ ६ स्पीड गियरबक्समा जोडिएको छ।

यसमा १७ इन्चको एलोय ह्विल्स रहेको छ जसको अगाडी यूएसडी र पछाडि मोनोशक सस्पेन्सन रहेको छ । ग्राहकहरुको सुरक्षाको लागि कम्पनीले ब्रेकिङका लागि दुवै पाङ्ग्रामा एउटै डिस्क प्रयोग गरेको छ ।

यसका साथै, यसमा डुअल च्यानल एबीएस जडान गरिएको छ । मोटरसाइकललाई थप आकार्षक बनाउँन कम्पनीले पाङ्ग्राहरुको रातो र सेतो रङका विकल्पका बजारमा ल्याएको छ ।

प्रकाशित : २०७९ असार ३२, शनिबार ११:०५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ