आज साउनको पहिलो सोमबार, शिव मन्दिरहरुमा श्रद्धालुको घुइँचो


जनकपुरधाम । साउन महिनाको पहिलो सोमबार । साउनको सोमबार भगवान् शिवको विशेष पूजा–आराधना गर्ने परम्परा छ ।

नेपाल तथा भारतका शिवालयमा श्रद्धालुको घुइँचो छ । काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, सिन्धुलीको कुशेश्वरलगायत शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।

ज्योतिषशास्त्रमा सोमबारको स्वामी भगवान् शिवलाई मानिएको छ । त्यसैले यो दिनको उनको आराधना गरिन्छ । आफू र परिवारको सुस्वास्थ्य, दीर्घायु एव विभिन्न कामना गर्दै व्रत बस्ने परम्परा छ ।

शिवको अर्थ कल्याण भएकाले विधिपूर्वक आराधना गर्दा उनी खुशी हुन्छन् र मनोकामना पूर्ण गरिदिन्छन् भन्ने विश्वास गरिन्छ । शिवको उपासना गर्ने परम्परा वेददेखि नै चलेको मानिन्छ ।

साउनमा रुद्री लगाउने चलन भने नेपालीसमजमा चलेको देखिन्छ । विभिन्न कामना राखेर श्रावण महिनामा रुद्री गर्ने परम्परा छ ।

सोमवार, नजुरे अन्य दिनहरुमा पनि ब्राह्मणहरूद्वारा रुद्राभिषेक गराइन्छ । रुद्रीमा वैदिक मन्त्रोच्चारण सहित जलधाराले शिवको अभिषेक गरिन्छ ।

प्रकाशित : २०७९ श्रावण २, सोमबार ०६:५४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ