वीरगञ्ज महानगरको राजस्व बढ्यो


पर्सा । वीरगन्ज महानगरपालिकाले अघिल्लो आर्थिक वर्षको तुलनामाा गत आवमा ४५ प्रतिशत भन्दा बढी राजस्व सङ्कलन गरेको छ ।

आर्थिक वर्ष २०७७/७८ मा महानगरपालिकाले सङ्कलन गरेको राजस्वको तुलनामा आव २०७८/७९ मा ३० करोड ५६ लाख भन्दा बढी राजस्व सङ्कलन गर्न सफल भएको हो ।

अघिल्लो आवमा महानगरपालिकाले रु ६६ करोड ८८ लाख ९४ हजार राजस्व सङ्कलन गरेकामा आर्थिक वर्ष २०७८/७९मा कार्यालयले रु ९७ करोड ४५ लाख ८३ हजार राजश्व सङ्कलन गरेको छ । यो अघिल्लो आवको तुलनामा ४५।७० प्रतिशत बढी हो ।

महानगरपालिकाले गत आवमा सबै भन्दा बढी घर जग्गा रजिष्ट्रेशन दस्तुरबाट राजस्व सङ्कलन गरेको छ । अघिल्लो आवमा रु २० करोड ९९ लाख २३ हजार सङ्कलन भएकोमा गत आवमा २५ करोड २४ लाख ३५ हजार बढी अर्थात ४६ करोड २३ लाख ५९ हजार सङ्कलन भएको छ ।

त्यसै महानगरपालिकाले सम्पत्ति करमा गत आवमा १२ प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ । अघिल्लो आवमा कार्यालयले रु १५ करोड २१ लाख ८७ हजार राजस्व सङ्कलन गरेकोमा गत आवमा एक करोड ८६ लाख ५२ हजार बढी अर्थात १७ करोड ८ लाख ३९ हजार राजस्व सङ्कलन गरेको महानगरपालिका राजस्व शाखाका प्रमुख राजकृष्ण ताम्राकारले जानकारी दिए।

प्रकाशित : २०७९ श्रावण ३, मंगलवार १५:०५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ