काठमाडौं महानगरले ल्यायो तीन दमकल


काठमाडौं । काठमाडौं महानगरपालिकाले तीन दमकल ल्याएको छ । महानगरका प्रमुख बालेन शाहले तीन दमकल खरिद गरिएको जानकारी दिएका हुन् ।

महानगरका पूर्वप्रमुख विद्यासुन्दर शाक्यकै पालामा भएको दमकल खरिद प्रक्रिया अन्तर्गत ३ दमकलहरु ल्याइएको शाहले बताएका छन् ।

‘दमकलहरुको वैज्ञानिकतवरमा उच्चतम प्रयोग गरेर आगलागीबाट हुने क्षति कम गर्न महानगर प्रतिबद्ध छ,’ महानगर प्रमुख शाहले फेसबुकमा लेखेका छन् ।

प्रकाशित : २०७९ श्रावण ३, मंगलवार १५:०८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ