जनमतको किसान आन्दोलन, मधेसको कृषि मन्त्रालयमा तालाबन्दी


जनकपुरधाम । मधेश प्रदेशको कृषि मन्त्रालयमा आज जनमत पार्टीका कार्यकर्ताहरुले तालाबन्दी गरेका छन् ।

योजनाहरुमा भएको भ्रष्टाचारको छानविन, कृषकहरुको रकम भुक्तानी र किसान आन्दोलनताका प्रदेश सरकारले बनाएको अध्ययन समितिको प्रतिवेदन सार्वजनिक, सिचाईको व्यवस्थाको माग गर्दै जनमत पार्टीले कृषि मन्त्रालयमा तालाबन्दी गरेको हो ।

जनमत पार्टीको नेतृत्वमा भइरहेको किसान आन्दोलन अन्तरगत बुधबार प्रदेश सरकारको कृषि मन्त्रालयमा तालाबन्दी गरिएको हो । आन्दोलनकारीहरुले राखेको माग सम्बोधन नभएसम्म मन्त्रालयमा ताला बन्दी रहने जनमत पार्टीका नेता विपी साहले बताए ।

उनका अनुसार सरकारले जोर जबरजस्ती गरेको खण्डमा उत्पन्न हुने परिस्थितिको जिम्मेवार स्वयम् प्रदेश सरकार नै हुनेछ ।

प्रकाशित : २०७९ श्रावण ४, बुधबार १४:३४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ