Breaking- यतिधेरै रुपैयाँ सहित मधेसबाट एकजना पक्राउ


जनकपुरधाम । मधेस प्रदेशको विरगञ्जबाट ४१ लाख ५५ हजार रुपैयाँसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा २५ वर्षीय राजेश कुमार रहेका छन् । उनी भारतीय नागरिक हुन् ।

रक्सौलबाट विरगन्जतर्फ भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आइरहेका उनलाई रजत जयन्ती चोक नजिकै चेकजाँच गर्दा पक्राउ परेको प्रहरीले जनाएको छ ।

मधेसका विभिन्न सिमावर्ती क्षेत्रबाट पटक पटक स्रोत नखुलेको ठूलो रकमसहित भारतीयसँगै नेपाली पनि पक्राउ पर्ने गरेका छन् । स्रोतका अनुसार उनीहरु हुण्डीको कारोबार गर्ने गरेकाले पक्राउ पर्ने गरेको बताइएको छ ।

प्रकाशित : २०७९ श्रावण ४, बुधबार १४:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ