Breaking- जनकपुरबाट हिडेका एआईजी आचार्यको गाडी दुर्घटना


बारा । नेपाल प्रहरीका अतिरिक्त महानिरिक्षक (एआईजी) मुकुन्दराज आचार्य सवार गाडी दुर्घटना भएको छ ।

बागमती अञ्चल ७४७३ नम्बरको गाडी बाराको कोहल्वीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।एआईजी आचार्य जनकपुरबाट कोहल्वी तर्फ आइरहेका थिए ।

बाराका डिएसपी राजेश थापाका अनुसार दुर्घटनाबाट गाडीमा सामान्य क्षती पुगेको छ । एआईजी आचार्यसहित गाडीमा सवार सवै सकुसल छन् ।

प्रकाशित : २०७९ श्रावण ६, शुक्रबार १६:५५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ