जनकपुर जेसिजका अध्यक्ष साहमाथि अविश्वास प्रस्ताव


जनकपुरधाम । जनकपुर जेसिजका अध्यक्ष राज कुमार साह माथि अविश्वास प्रस्ताव दर्ता गरिएको छ । साहले जेसिजलाई विधि भन्दा पनि स्वेच्छाचारी ढंगले संचालन गरेको भन्दै शाखाका पदाधिकारीहरुले उनीमाथि अविश्वास प्रस्ताव दर्ता गराएका छन् ।

साहमाथि शाखाका मनोज कुमार साह , राजेन्द्र कुमार साह, मुकेश कुमार साह, अजय कुमार गुप्ता – महासचिव, उपेन्द्र कुमार साह – कोषाध्यक्ष, भबेष झा– उपाध्यक्ष, रजनिश कुमार साह– उपाध्यक्ष, नितेश जयसवाल– उपाध्यक्ष, श्त्रुधन कुमार साह– उपाध्यक्ष लगायतले संयुक्त हस्ताक्षर गरी अविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।

साहमाथि शाखाको कुनै क्रियाकलाप गर्दा मनोपली ढङ्गले गर्ने र सदस्यता नवीकरण, संचालक समितिको सम्पूर्ण पदाधिकारीलाई तह लगाउने, फोनबाट धम्की दिने, कुनै पनि कार्यक्रमको हरहिसाब नदिने, जथाभावी पत्र काट्ने, पूर्व अध्यक्षहरु सम्झाउदा अटेर गर्ने जस्ता विभिन्न किसिमका क्रियाकलापबाट दिक्क भएर अविश्वास प्रस्ताव दर्ता गराइएको जनाइएको छ ।

प्रकाशित : २०७९ श्रावण ७, शनिबार ०८:४०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ