जनकपुर आएरै नागरिकता विधेयक ल्याएको सुनाउन पाउँदा गर्व महसुस भयो : प्रचण्ड


जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनमै रहेका बामपन्थी समूहबीच चुनावी मोर्चा र पार्टी एकताको विषयमा छलफल चलिरहेको बताएका छन् ।

सर्लाही जाने क्रममा काठमाडौंबाट जनकपुर विमानस्थलमा अवतरण गरेका प्रचण्डले भने, ‘गठबन्धन भित्रकै बामपन्थी समुहबीच राम्रो समझदारी बनाउनुपर्छ । र सकियो भने चुनावी मोर्चापनि हुन सक्छ । पार्टी एकताको लागि संयोजन समिति पनि हुन सक्छ ।’

अध्यक्ष प्रचण्डले पार्टी एकता वा चुनावी मोर्चाबारे छलफल चलेपनि अन्तिम निर्णयमा नपुगेको बताए । केहि दिनभित्रै एउटा निर्णयमा पुग्ने उनले विश्वास व्यक्त गरे । जनता समाजवादी पार्टीबाट अलग हुने निष्कर्षमा पुगेका डा. बाबुराम भट्टराई पनि गठबन्धनमै रहने उनको भनाई थियो ।

जनकपुर आएकै बेला आफूले नागरिकता विधेयक छिट्टै ल्याउने भनेको थिए र विधेयक सदनबाट पारित भइसकेपछि पनि जनकपुरमै आएर त्यसबारे जानकारी गराउँदा खुशी लागेको पनि उनले बताए । अब छिट्टै विधेयक कार्यान्वयणमा आउने भन्दै उनले भने– नागरिकताबाट बञ्चित करिब ६÷७ लाख नेपालीले नागरिकता पाउँछन् ।

प्रकाशित : २०७९ श्रावण ७, शनिबार १५:२८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ