Breaking- रुख ढलेर बस र स्कुटर किच्दा ३ जनाको मृत्यु


काठमाडौं । भक्तपुरमा आइतबार दिउँसो रुख ढलेर बस र स्कुटर किच्दा ३ जनाको मृत्यु भएको छ । मृतकमध्ये एक जनाको मात्रै सनाखत भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

काठमाडौंबाट भक्तपुरको दूधपाटी जाँदै गरेको बा २ ख ३५८४ नम्बरको यात्रुबाहक बस र स्कुटरलाई रुख ढलेर किच्दा यात्रारत १५ जना घाइते भएका थिए ।

दुर्घटनामा घाइते भएकाहरुलाई भक्तपुर अस्पताल, डा इवामुरा मेमोरियल अस्पताल, मध्यपुर अस्पताल र भक्तपुर इन्टरनेसनल अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७९ श्रावण ८, आईतवार १४:४९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ