संघ र प्रदेशको निर्वाचन मिति घोषणा गर्न पण्डितको माग


काठमाडौं । सांसद लालबाबु पण्डितले संघ र प्रदेशको निर्वाचन मिति घोषणा गर्न सरकारसँग माग गरेका छन् ।

आइतबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद पण्डितले सरकारले निर्वाचनको मिति घोषणा गर्न ढिलाइ गरेको प्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।

उनले निर्वाचन नगरी गठबन्धन टिकाउनका लागि मिति घोषणा नगरिएको हो कि भन्ने आशंका व्यक्त गरे । उनले निर्वाचन मिति घोषणा गर्न माग गरे ।

प्रकाशित : २०७९ श्रावण ८, आईतवार १५:०३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ