जनकपुरः मदिरा पसलमा चोरी गर्ने युवक पक्राउ


जनकपुरधाम । मदिरा पसलमा चोरी गर्ने एक युवकलाई धनुषा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

जनकपुरधाम उपमहानगर २ कदमचोकमा रहेको खुश्बु कोल्ड स्टोरमा शनिवार राति चोरी भएको थियो । घटनाको अनुसन्धान गर्दै जाँदा प्रहरीले चोरलाई पक्राउ गर्न सफल भएको हो ।

पक्राउ पर्नेमा कमला नगरपापिलका ५ लग्मा घर भई हाल जनकपुरधाम उपमहानगर २ स्थित डेरा लिएर बस्दै आएका मनोज यादब रहेका छन् । उनको कोठाबाट चोरीका समान पनि बरामद भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७९ श्रावण ८, आईतवार १६:१५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ