मधेसः नक्कली नेपाली रुपैयाँको कारोबारी पासवान पक्राउ


जनकपुरधाम । सर्लाही प्रहरीले नक्कली नेपाली नोटसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको बिहार राज्य अन्तर्गत सितामढी जिल्ला सोनबर्षा पर्छुहिया ९ घर भएका ४० वर्षीय लालमोहन पासवान रहेको प्रहरीले जनाएको छ ।

हरिवन नगरपालिका ११ स्थित कार्की पुस्तक पसल अगाडिबाट पासवानलाई ५० हजार नक्कली नेपाली नोटसहित पक्राउ गरिएको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी विजय यादवले जानकारी दिए ।

नक्कली नोट चलनमा ल्याइरहेको सूचनाको आधारमा उनलाई पक्राउ गरिएको यादवले बताए । उनका अनुसार हजारको नक्कली ५० वटा नोटसहित पक्राउ परेका उनिबिरुद्ध थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित : २०७९ श्रावण ८, आईतवार १६:३१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ