विदेशी चुरोट वीरगन्ज भन्सारमा समातियो, ११ करोड जरिबाना हुने !


काठमाडौं । दुबईबाट भारत हुँदै नेपाल भित्रिन लागेको विदेशी चुरोट वीरगन्ज भन्सारमा समिातिएको छ । मुङको दाल भनेर जाँचपास गराउन खोजेको अवस्थामा कन्टेनरमा विभिन्न ब्रान्डका चुरोट फेला परेको हो ।

भन्सार छलेर तस्करी गरेर उक्त चुरोट नेपाल भित्र्याउन लागिएको अवस्थामा बरामद गरिएको थियो । उत्पादनभन्दा बढी कर लाग्ने कारणले पनि चुरोट भन्सार छलेर ल्याउन लागिएको जनाइएको छ ।

तेस्रो मुलुकबाट ल्याइएका यस्ता चुरोटहरु काठमाडौंसहित मुलुकका विभिन्न भागमा पुर्‍याइने गरेको पाइएको छ । बरामद गरिएको चुरोट आयातकर्तालाई ११ करोडसम्म जरिबाना हुन सक्ने बताइएको छ ।

प्रकाशित : २०७९ श्रावण ८, आईतवार १६:४५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ