शौचालयमा फोन चलाउने बानी नगरौ पाइल्स हुनबाट बचौँ


हाल आएर बिभिन्न प्रबिधिहरुको बिकाससगैँ मानव जिवनमा प्रबिधिहरुको आवश्यक भन्दा बढी प्रयोग गर्नाले बिभिन्न असरहरु हुने कुरा अनुसन्धनकर्ताहरु बताउँछन् । जसरी मोबाइल फोन मान्छेको दिनचर्याको अनिवार्य हिस्सा भइसक्यो।

खाना खाँदा, बाटोमा हिँड्दा, राती सुत्दा अबेरसम्मा मोबाइलमै ब्यस्त भइरहेका हुन्छन् साथै शौचालयमा पनि फोन प्रयोग गर्ने मान्छे धेरै छन्। तर डाक्टरहरूले दिसा गरिरहँदा फोन चलाउनु स्वास्थ्यका दृष्टिकोणले खराब भएको चेतावनी दिएका छन्। शौचालयमा फोन चलाउँदा पाइल्स हुने सम्भावना रहने बताइएको छ।

मोबाइल बोकेर शौचालय छिरेपछि धेरै बेर बसिन्छ। फोनले शौचालय प्रयोगको समय लम्ब्याउँछ। जसले गर्दा पाइल्स हुने जोखिम बढ्छ । प्यासिएन्ट डट इन्फोकी क्लिनिकल डाइरेक्टर डा सराह जार्भिसले शौचालयमा धेरै समय मोबाइल फोन चलाउँदा पाइल्स हुने सम्भावना बढ्ने बताइन किनकी ‘दिसा बस्दा कन्नुपर्ने अवस्था हुन्छ र कब्जियतले पनि पाइल्स हुन्छ, । उनले शौचालयमा फोन चलाउने बानी अस्वस्थ भएको बताइन् ।-एजेन्सी

प्रकाशित : २०७६ कार्तिक ५, मंगलवार १७:२४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ