मधेसः बलात्कारपछि हत्या गरेको आरोपमा नाबालकसहित तीन जना पक्राउ


पर्सा । चार वर्षीय बालिकालाई सामूहिक बलात्कार गरी हत्या गर्ने तीन अभियुक्त पक्राउ परेका छन् ।

पर्साका प्रहरीकाअनुसार स्थानीय १२ वर्षीय बालकसहित वीरगञ्ज १६ का १८ वर्षीय सलमान खान, वीरगञ्ज २ का १९ वर्षीय जफ्रुदिन भनिने सलमान खानलाई शनिबार पक्राउ गरी आइतबार जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिएको छ । अर्का एक अभियुक्त फरार रहेका छन् ।

बालिकाको परिवारले दिएको उजुरीका आधारमा प्रहरीले शुक्रबार बिहान बालिकाको शव वीरगञ्ज २ छपकैया स्थित खाली जग्गाको झाडीमा फेला पारेको थियो । वीरगञ्ज महानगरपालिकास्थित बजारक्षेत्रबाट गत बिहीबार साँझ बेपत्ता भएकी थिइन् ।

अभियुक्तहरुलाई जबरजस्ती करणी तथा ज्यान सम्बन्धी कसुर मुद्दामा थप कारबाहीअघि बढाएको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७९ श्रावण ९, सोमबार ०९:१६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ