इटहरी जाँदै गरेको म्याजिक भ्यानमा अचानक आगो लागेपछि…


काठमाडौं । उदयपुर सदरमुकाम गाईघाटबाट सुनसरीको इटहरी जाँदै गरेको म्याजिक भ्यानमा अचानक आगलागी हुँदा पूर्ण रूपमा क्षतिग्रस्त भएको छ ।

चौदण्डीगढी नगरपालिका ६ को अधिकारी होटेलको उकालोमा अचानक आगलागी भएको स्थानीयले जनाएका छन् ।

आगलागीको खबर पाउने बित्तिकै चौदण्डीगढी नगरपालिका बाट आएको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरीले आगो नियन्त्रणमा लिएका थिए ।

भ्यानका चालक एवं धनी मोतीराम खड्काको म्याजिक जल्दा भ्यानमा रहेको ४० कार्टुन थुक्पा बनाउने चाउमिनसमेत जलेर नष्ट भएको छ ।

म्याजिक भ्यानमा रहेका चालक खड्का र भ्यानमा सवार एक व्यक्ति सकुशल रहेका छन् ।

प्रकाशित : २०७९ श्रावण ९, सोमबार १५:१५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ