मधेसः नक्कली रुपैयाँसहित फेरी एकजना पक्राउ


पर्सा । प्रहरीले ६ हजार नेपाली नक्कली नोटसहित वीरगञ्जबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको परोहा नगरपालिका–३ बस्ने ३२ वर्षका बिटु द्विवेदी रहेका छन् ।

विशेष सूचनाको अधारमा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका–११ श्रीपुरटोलबाट द्विवेदीलाई पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले १ हजार दरका ६ वटा नेपाली नक्कली नोट बरामद गरेको पर्साका प्रहरी प्रवक्ता प्रह्लाद कार्कीले जानकारी दिए ।

पक्राउ परेका द्विवेदीलाई मुद्रासम्बन्धी कसुरमा अदालतबाट सात दिनको म्याद लिइ अनुसन्धान अगाडि बढाइएको कार्कीले बताए ।

प्रकाशित : २०७९ श्रावण १०, मंगलवार ०७:११

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ