जनकपुरबाट करिब २४ लाख रुपैयाँसहित यी युवक पक्राउ


जनकपुरधाम । प्रहरीले जनकपुरधाम उपमहानगर १२ कुवाँस्थित महादेव मन्दिर नजिकबाट झण्डै २४ लाख रूपैयासहित एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ परेका व्यक्ति हुण्डी कारोबारी हुन् ।

पक्राउ पर्नेमा भारत विहारको मधुबनी जिल्ला ग्राम पञ्चायत हरलाखी हरिने ९ घर भएका १९ वर्षीय अब्दुल समी छन् । उनको साथबाट नेपाली रकम २३ लाख ८९ हजार ४८० रूपैया बरामद भएको छ ।

सोमबार साँझ लोहनाबाट बीआर ३२ एजे ०१७० नम्बरको भारतीय मोटरसाइकलमा जनकपुरधामतर्फ आउन लागेका अब्दुललाई रोकेर चेकजाँच गर्दा स्रोत नखुलेको रकम पाइएपछि पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

पक्राउ परेका अब्दुलको जनकपुरधामकै व्यापारीसँग कनेक्सन हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

प्रकाशित : २०७९ श्रावण १०, मंगलवार ०८:५२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ