जापान जाँदै प्रचण्ड, पाँच दिन उतै बस्ने !


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पाँचदिने जापान भ्रमणमा जाने भएका छन् ।

उनका स्वकीय सचिव रमेश मल्लका अनुसार जापानमा रहेको नेपाली जनप्रगतिशील मन्चको आयोजनामा हुन लागेको कार्यक्रममा सहभागी हुन उनी साउन २१ मा टोकियो प्रस्थान गर्न लागेका हुन् ।

मल्लका अनुसार साउन २२ मा नेपाली जनप्रगतिशील मन्चले कार्यक्रम आयोजना गरेको हो । त्यसबाहेक दाहालले सम्भव भएसम्म राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको छ । तर‚ उक्त भेटवार्ताको कुनै पनि कार्यसूची तय भइनसकेको उनले बताए ।

यसका साथै दाहालले टोकियोको भ्रमणसमेत गर्ने छन् । ‘जापानबाट कार्यक्रमबारे सम्पूर्ण जानकारी आइसकेको छ । जाने प्रक्रियाको सुरुआत भइसकेको छैन । अब जापान प्रस्थानको गृहकार्यलाई अघि बढाउछौं,’ मल्लले भने ।

दाहाल दुई साताअघि मात्रै भारत भ्रमण सकेर फर्किएका थिए ।

प्रकाशित : २०७९ श्रावण १०, मंगलवार १७:१५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ