Breaking- एसईई परीक्षाको रिजल्ट सार्वजनिक, यसरी हेर्न सकिन्छ


काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । सार्वजनिक नतिजाअनुसार उच्च जीपीए ल्याउन नौ हजार ६३३ जना रहेका छन् ।

शैक्षिक सत्र २०७८ को परीक्षा वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गरिएको थियो । यो वर्ष ११ हजार ६ सय १५ विद्यालयका ५ लाख १४ हजार ७ सय ६० जना विद्यार्थीले परीक्षा दिएका थिए ।

एसईईको नतिजा एसएमएस, आईभीआर र वेबसाइटबाट पनि थाहा पाउन सकिन्छ । नेपाल टेलिकमको १६०० नम्बरमा डायल गरी प्राप्त निर्देशन अनुसार नतिजा थाहा पाउन सकिने परीक्षा बोर्डले जनाएको छ ।

प्रकाशित : २०७९ श्रावण ११, बुधबार १६:१०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ