पाँच वर्षमा चुरेको अनुमानित लागत १५ अर्ब १७ करोड


काठमाडौं । चुरे क्षेत्रका लागि आगामी ५ वर्षका करिब १५ अर्ब १७ करोड लागत अनुमान गरिएको छ ।

राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिद्वारा संशोधनको तयारीमा रहेको चुरे संरक्षणको गुरुयोजना कार्यान्वयनका लागि ५ वर्षमा उक्त लागत अनुमान गरिएको हो ।

समितिले चुरे तराई मधेश संरक्षण तथा व्यवस्थापनसम्बन्धी २० वर्षे गुरुयोजनाको समीक्षा तथा परिमार्जनसहित प्रस्ताव गरेको छ । २०७४ सालमा जारी गुरुयोजनामै हरेक ५ वर्षमा गुरुयोजना समीक्षा तथा परिमार्जन गरिने उल्लेख थियो ।

२०७३ सालमा स्वीकृत गुरुयोजनामा भने ५/५ वर्षमा चार चरणका कार्यक्रम प्रस्ताव गरिएको थियो ।

प्रकाशित : २०७९ श्रावण १२, बिहीबार ०८:१०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ