एसईई रिजल्टमा चित्त नबुझे विद्यार्थीले पुनर्योग गर्न पाउने


काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजामा चित्त नबुझेमा विद्यार्थीले पुनर्योगका लागि निवेदन दिन पाउने भएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले सूचना निकालेर पुनर्योग गर्न सकिने बताएको हो । साउन २७ भित्र विद्यार्थीले पुनर्योगसम्बन्धी निवेदन दिन पाउनेछन् ।

निवेदन दस्तुर पाँच सय लाग्नेछ । निवेदन दिन कार्यालयले तोकेका कागजात पेश गर्नुपर्ने छ। २०७८ सालको एसईईको परीक्षाफल बुधबार प्रकाशित भएको थियो ।

साधारण तथा प्राविधिक धारतर्फ नियमित र ग्रेडबृद्धि परीक्षामा सहभागीले आफूले प्राप्त गरेको ग्रेडमा चित्त नबुझेको भए पुनर्योग गर्न निवेदन दिन पाउँछन् ।

शिक्षक विकास तथा समन्वय इकाइ वा परीक्षा नियन्त्रण कार्यालय कक्षा १० मा सोझै निवेदन दिन सकिने कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित : २०७९ श्रावण १३, शुक्रबार ०८:२०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ