बर्दिबास: ८ वर्षीया भतिजीलाई बलात्कार गरेको आरोपमा काका पक्राउ


जनकपुरधाम । ८ वर्षीय भतिजीलाई बलात्कार गरेको आरोपमा काका प्रहरीको फन्दामा परेका छन् ।

गत साउन १० गते राति करिब १० बजे भतिजीलाई आफ्नो कोठामा बोलाई बलात्कार गरेको आरोप काकामाथि लागेको थियो । यो घटना बर्दिबासको हो । बर्दिबास प्रहरीले आरोपी पुरुषलाई पक्राउ गरेको छ ।

पीडित बालिकाकी अभिभावकले प्रहरीमा किटानी जाहेरी दिएपछि आरोपी काकालाई पक्राउ गरिएको बर्दिबास प्रहरीले जनाएको छ । पक्राउ पर्नेको पहिचान प्रहरीले गोप्य राखेको छ ।

प्रकाशित : २०७९ श्रावण १४, शनिबार १२:२१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ