जानकी मन्दिरका रामरोशन विरुद्ध उजुरी दर्ता


जनकपुरधाम । सरकारी कागजात किर्तेगरी जानकी मन्दिरका उत्तराधिकारी महन्तको परिचयपत्र बनाएको भन्दै रामरोषण दास ‘वैष्णव’माथि प्रशासनमा उजुरी परेको छ ।

जनकपुरधाम २३ का बैजनाथ चौधरीले साउन ४ गते रामरोशनमाथि सिडिओ कार्यालय धनुषामा उजुरी दिएका हुन् । जानकी मन्दिरीको सम्पत्ति दुरुपयोग गर्न गुठी संस्थानको कागजात किर्तेगरी परिचयपत्र बनाएको भन्दै कानून बमोजिम कारबाहीको माग चौधरीले गरेका छन् ।

चौधरीले सिडिओ कार्यालयमा उजुरी दिँदै गुठी संस्थान प्रधान कार्यालय, अख्तियार दुरूपयोग अनुन्धान आयोग, गृह मन्त्रालय, जिल्ला प्रहरी कार्यालय र गुठी तथा तहशील कार्यालयलाई बोधार्थ गरेका छन ।

धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले रामरोशनमाथि उजुरी परेको र कारबाही कहाँसम्म पुग्यो विषयमा केहि थाहा नभएको बताए ।

प्रकाशित : २०७९ श्रावण १४, शनिबार १४:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ