वीरगञ्जमा बिरामीलाई निःशुल्क रगत


वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका १० ले बिरामीलाई आवश्यक पर्ने रगत निःशुल्क रूपमा उपलब्ध गराउने भएको छ ।

बिरामीलाई आवश्यक पर्ने रगत निःशुल्क उपलब्ध गराउन वडा कार्यालय र रक्तसञ्चार केन्द्र, वीरगञ्जबीच सम्झौता भएको छ । विपन्न नागरिक बिरामी हुँदा रगत अभाव नहोस् भनेर रक्तसञ्चार केन्द्रसँग सम्झौता गरिएको वीरगञ्ज–१० का वडाध्यक्ष साह कानुले बताए ।

उनका अनुसार वडाले निःशुल्क रगत सेवाका लागि चालु आर्थिक वर्ष २०७९/८० मा रु तीन लाख बजेट छुटाएको छ। वडाध्यक्ष कानुले नेपाल रेडक्रस सोसाइटी पर्साका मन्त्री शैलेन्द्र चौरसियालाई पहिलो चरणमा रु एक लाखको चेक हस्तान्तरण गरे ।

वीरगञ्जस्थित रक्तसञ्चार केन्द्रले एक युनिट रगतको रु एक हजार ५० सेवा शुल्क लिने गरेको छ । तर वडा नम्बर १० का बासिन्दाले वडा कार्यालयबाट सिफारिस लिएर गएमा निःशुल्क रगत प्राप्त गर्ने वडा कार्यालयले जनाएको छ ।

प्रकाशित : २०७९ श्रावण १५, आईतवार १४:२२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ