मेयर हर्क साम्पाङकै अगाडी धरान उपमहानगरपालिका तोडफोड


काठमाडौं । सुनसरीको धरानका सहकारी पीडितले धरान उपमहाननगरपालिकाको कार्यालय तोडफोड गरेका छन् ।

आफूहरुको पैसा खाएको भन्दै बराह बचत तथा सहकारीका संस्थाका सञ्चालकको सम्पत्ति रोक्का गर्न माग गर्दै नगरपालिका पुगेका पीडितहरूले कार्यालय घेराउ गरेर तोडफोड गरेका हुन् ।

उनीहरुले मेयर हर्क साम्पाङलाई समस्या सुनाइरहेका थिए । तर बीचमा नै मेयर साम्पाङले आफूहरुलाई नराम्रो वचन लगाएको भन्दै पीडितहरूले नगरपालिका कार्यालयमा तोडफोडसमेत गरेका हुन् ।

आइतबार बिहानको १० बजेबाट नै कार्यालय परिसरमा पुगेका पीडितहरूले दिउँसो २ बजेसम्म नाराबाजी गरेका थिए । २ बजे मेयर साम्पाङ आएपनि उनले पीडित पक्षलाई नराम्रो वचन लगाएको आरोप पीडितहरूको छ ।

धरानका मेयर हर्क साम्पाङले सहकारी पीडितले आफूलाई काम गर्न नदिएको, होहल्ला गरी कार्यालय सञ्चालनमा बाधा पुर्‍याएको, कार्यालयमा आएर गालीगलौज र तोडफोड गरेको बताएका छन् ।

उनले आफ्नो कार्यालयको सिसा फुटाइएको, आफूमाथि हमला गरेको, धरान नगर सरकारको मानहानी गरेकोसमेत सामाजिक सञ्जाल फेसबुमा उल्लेख गरेका छन् । यसले अराजकता फैलाएको उनको ठहर छ ।

धरानका उपमेयर अइन्द्रबिक्रम बेघाले पीडितलाई न्याय पाउने गरी नै काम अघि बढाइरहेको समयमा पीडितहरु नाराबाजी र तथा गालीगलौजमा उत्रिएकोले समस्या जटिल बनेको बताए ।

प्रकाशित : २०७९ श्रावण १६, सोमबार ११:१६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ