स्रोत नखुलेको १५ लाख ५० हजार रूपैयाँसहित साहु पक्राउ


काठमाडौं । रुपन्देहीको सिद्धार्थ नगरपालिका १ बाईपासबाट स्रोत नखुलेको नगद सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

१५ लाख ५० हजार रूपैयाँसहित भारत घर भएका ४६ वर्षीय आशिष साहुलाई आइतवार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लु ६ प ७१२९ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक साहुको साथबाट नगद फेला पारी पक्राउ गरेको हो ।

आवश्यक अनुसन्धान एवं कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय बुटवलमा पठाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित : २०७९ श्रावण १६, सोमबार १३:१८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ