मधेसः चाँदीका कचौरा तथा मूर्तिसहित साह पक्राउ


वीरगञ्ज । भारतबाट राजश्व छलेर ल्याइएको चाँदीको कचौरा र मूर्तिसहित प्रहरीले वीरगञ्जबाट एक जनालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका ६ बस्ने १८ वर्षीय साहिल कुमार साह पक्राउ परेका हुन् ।

प्रहरी चौकी इनर्वाबाट खटिएको टोलीले आइतबार बिहान सवा ११ बजे वीरगञ्ज–१६ रजत जयन्ती चोकबाट उनलाई पक्राउ गरेको थियो ।

रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेको बीआर ५ एएस २१६२ नम्बरको मोटरसाइकलमा साहले बोकेको खैरो रङको झोलाभित्र चाँदी जस्तो देखिने धातुबाट बनेको कचौरा तथा साना मूर्तिहरु ११०६ ग्राम ४०० मिलिग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

उनलाई बरामद गरिएको सामग्री सहित राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीेले जानकारी दिए ।

प्रकाशित : २०७९ श्रावण १६, सोमबार १५:४२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ