आजदेखि ई-पासपोर्टका लागि आवेदन खुल्यो


काठमाडौं । राहदानी विभागले आजदेखि ई-पासपोर्टको अनलाइन आवेदन बिहान ११ बजेदेखि खुलाउने भएको छ ।

विभागले यसअघि साँझ साढे ४ बजेपछि मात्र आवेदन खुलाउँदै आएको थियो । विभागले सोमबार सूचनामार्फत आजदेखि बिहान ११ बजेबाट आवेदन खुलाइने जानकारी गराएको हो ।

हाल २ हजार ४ सय जनाको प्रि-इनरोलमेन्ट खुलाउँदै आएकोमा अब कोटा पनि बढाउने तयारी गरिएको छ । प्रि-इनरोलमेन्ट गरिसकेपछि प्राप्त मितिमा राहदानीका लागि विभागमा पुग्‍नुपर्छ ।

प्रकाशित : २०७९ श्रावण १७, मंगलवार ०८:५५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ