पतिले बलात्कार गरेको भन्दै महिलाले दिइन् उजुरी


रुपन्देही । रुपन्देहीको तिलोत्तमाकी एक महिलाले पतिले जबर्जस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी दिएकी छन् ।

आफू बिरामी भएको समयमा समेत पटक(पटक जबर्जस्ती करणी र शारीरिक हिंसा गरेको भन्दै तिलोत्तमा १७ कि ती महिलाले इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएकी हुन् । उनले यो विषयमा सासूससुराले समेत पतिलाई संरक्षण गरेको उनको भनाइ छ ।

प्रहरीसमक्ष दिएको उजुरीका अनुसार गत साउन १४ गते राति पतिले मदिरा पिएर कुटपिट गरेपछि साउन १५ गते बिहान उनले इलाका प्रहरी कार्यालय मंगलापुरमा पुगेर उजुरी दिएकी थिइन् । उजुरीपछि पनि पतिले गाली बेइज्जती गर्दै कुटपिट गरेको उनको दाबी छ ।

उनको बयानको आधारमा जाहेरी दर्ता भइसकेको र कानुनी प्रक्रियामा अगाडि बढ्ने इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीले जानकारी दिए ।

महिलाका परिवारले भने पुरानै कुरालाई लिएर विवाद बढेपछि निराधार आरोप लगाइएको दाबी गरेका छन् ।

प्रकाशित : २०७९ श्रावण १८, बुधबार १४:११

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ